बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

श्रमीक महिलालाई अपमानको त्रास

श्रमीक महिलालाई अपमानको त्रास

कामले भन्दा उनलाई पिडा त्यतिबेला हुन्छ जतीबेला समाजले फोहोरमा काम गर्ने भनेर फरक दृष्टिले हेर्छ । अनी उनी र उनका साथीहरुले अपमानको महशुस गर्छन् ।


  • तारानाथ आचार्य
  • फाल्गुन २५ २०७९, बिहिबार

बागलुङ/ बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहोरसँग पौंठेजोरी नखेले घरको चुल्हो बल्दैन् । स–साना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिंगो परिवारको दानापानीको मुख्य स्रोत नै फोहोरसँग खेलेको पौठेजोरीबाट प्राप्त हुने मोहोर हो ।

बर्षौंदेखिको दैनिकी भएकाले उनीलाई फोहोरसँग जुध्ने बानी परेको छ । बागलुङ नगरपालिका–१ मालढुंगा खुर्दुकेमा रहेको बागलुङ बजारको फोहोर व्यवस्थापन स्थलमा उनको दैनिकी बित्छ । दिनानुदिनको कामले भन्दा उनलाई पिडा त्यतिबेला हुन्छ जतीबेला समाजले फोहोरमा काम गर्ने भनेर फरक दृष्टिले हेर्छ । अनी उनी र उनका साथीहरुले अपमानको महशुस गर्छन् ।

पर्वत घर भएकी अमृता गुरुङ (नाम परिवर्तन्)ले आजभोली यस्तै अपमान महशुस गर्ने गरेकी छन् । उनी मात्रै होईन अस्थायी फोहोर संकलन स्थलमा काम गर्ने ११ जना महिलाको समस्या एउटै हो । कुनै बेला दाताहरु आएर आँफुहरुलाई सहयोग गर्दा समेत मुख खोलेर अनुहार देखाउन नसकिएको गुनासो उनीहरुको छ ।

खुतुर्केमा फोहोर पुग्ने फोहोर बाल्ने बजारवासीले आफ्नो घर आँगनको फोहोर फालेर सफा सुगर बन्छन् । नगरले निर्माण गरेको अस्थायी फोहोर संकलन केन्द्र केही मजदुरको लागि भने जीवन निर्वाहको माध्यम बनेको छ । बजारबाट संकलन हुने फोहोरमा फालिएका पुनः प्रयोगमा आउने सामाग्री संकलन गरेर बागलुङ तथा जिल्ला बाहिरका मजदुरहरुले आफ्नो रोजीरोटी चलाई राखेको छन् ।

फोहोरमा फालिएका फलाम, काँटी, सिसा लगायतका अन्य धारिला वस्तुले बेला बेलामा शरीरका बिभिन्न अंगमा काट्छ, घाईते बनेपनि आफुसँग स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्ने आवश्यक रकम नहुँदा जोखिम मोलेर काम गर्दै आएको अमृताले बताईन् । ‘काटे पनि सहनु पर्ने रैछ दिनभरी दुःख गरेर कमाएको पैसाले घर खर्च चलाउनु परो, कहाँ सुरक्षा सामाग्री खरिद गर्न सकिन्छ र’ उनले भनिन् ‘कसैले दिन आए भनेपनि एक दुई दिनका लागि मात्रै दिन्छन्, हाम्रो काम त सधैं चल्ने हो नि ।’

गुरुङ जस्तै ११ जना महिलाहरु फोहोरमा फालिएका कवाडी उठाएर गुजारा चलाउँछन् । अन्य समयमा सामान्य मजदुर जस्तै गरी एक आपसमा हाँसी खुसीका साथ काम गर्ने मजुरहरु फोहोर संकलन केन्द्रमा अपरिजित व्यक्ति प्रवेश गरे आफ्नो पहिचान ढोक्छन् । फोहोरमा काम गरेर जीवन चलाएको भन्दै समाजले हेला र घृणा गर्ने डरले उनीहरुले आफ्नो मुख देखाउँदैनन् । नयाँ मान्छेसँग फोटो खिच्नसमेत मान्दैनन् ।

‘फोहोरमा काम गरेको भनेर धेरैले हेला गर्छन’ २७ बर्षिय मजदुर दिलमाया विक (नाम परिवर्तन)ले भनिन्– ‘जो आएर फोटो खिचे पनि हाम्रो दुःख जाने होईन ।’ मजदुरीमा सहभागी अधिकांस महिलाहरु नयाँ मान्छे देखे भने विश्रामस्थलबाट बाहिर आउँदैनन् । जोडका साथ अनुरोध गरेमा अनुहार नजिन्ने गरी, आफ्नो पहिचान नखुलाउन अनुरोध गर्दै आफ्ना दुःख पीडिका विषय राख्छन् ।

‘हामीले त दैनिकी यही काम काम गर्ने हो, यसैबाट पेट पालेका छौँ’ विकले भनिन्–‘हामीलाई विदा पनि हुन्न, के–के दिवस पनि थाहा हुन्न ।’ नयाँ मान्छे आउँदा लाज लाग्ने उनीहरुको दुखेसो छ । फोहोरको दुर्गन्धले बिरामी पर्ने गरेको विकको भनाई छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज बागलुङले मजदुरहरुको लागि व्यक्तिगत सरसफाईका सामाग्री प्रदान प्रदान गरेको छ । समाजले रुमाल, साबुन, सेनिटाईजर, पन्जा वितरण गरेको समाजका अध्यक्ष निलकण्ठ शर्माले बताए । ११ जना मजदुरलाई पुग्ने गरी सामाग्री प्रदान गरिएको थियो ।

सामग्री हस्तान्तरणको क्रममा अधिकांस महिला मजदुरहरु विश्रामस्थल बाहिर आएनन् । पाको उमेरका महिला मजदुर अनुहार पहिचान नहुने गरी बाहिर आएको अध्यक्ष शर्माको भनाई छ । ‘उहाँहरुलाई समाजले घृणा र अपमान गर्ने त्रास देखियो’ उनले भने– ‘समाज सबै श्रमको सम्मान गर्ने संस्कृति नहुँदा यो समस्या आएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->