बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ज्योतिपुञ्जको भवन शिलान्यास

ज्योतिपुञ्जको भवन शिलान्यास


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७९, बिहिबार

बागलुङ/ ज्योती पुञ्ज प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७ को दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बुधबार भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै खड्काले शिक्षा क्षेत्रमा बनिरहेका पक्कि पूर्वाधारहरुले गुणस्तरीय र व्यवहारीक शिक्षालाई सहयोग गर्ने बताए । खड्काले तोकिएको समय भित्र भवन निर्माणको काम सक्न निर्माण समितिलाई आग्रह समेत गरे । उनले ज्योती पुञ्ज प्राथमिक विद्यालयलाई नमुना बनाउनका लागि आग्रह गरे ।

खड्काले विद्यालय भवन शिलान्यास समारोहमा आउने अतिथीका लागि तयार पारिएका खादा माला ११३ औं अन्तराट्रिय नारी दिवसका अवसरमा स्थानीय महिलाहरुलाई लगाएर सम्मान गरेका थिए । बुधबारबाटनै निर्माण सुरु भएको भवन आगामी असार मसान्त भित्रै निर्माण सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कुमार बिकले बताए । भवन निर्माणका लागि नेपाल सरकारले २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

विद्यालयको अहिलेको अबस्था र पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->