बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गर्मीयाम शुरु भएसंगै भरियो पाटन

गर्मीयाम शुरु भएसंगै भरियो पाटन

गर्मी मौषसमा वस्तुभाउको लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरपाटन र निसीबासी घुम्ती बसाईमा निस्कने गर्छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७९, शुक्रबार

बागलुङ/ चिसो बढेपछि बेसी झरेका बोबाङबासी गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गमी सुरु भएसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् ।

बर्खा यामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योती बिकास आधारभुत बिद्यालयका शिक्षक श्याम बिकले बताए । ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका ठूला फाँटलाई पाटन भनिन्छ । त्यहीं पाटन र बुकीहरु किसानका गोठ राख्ने र आधावर्ष कटाउने थलो हुन् । गर्मी महिनामा गाउँ छोडेर बुकी र पाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोबाङ, निसी, देवीस्थान, बुर्तिबाङ झर्छन् ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक, कर्मचारी र व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका थिए । गोठाला र किसान पाटन चडेपछि भरिभराउ भएको छ । हिउँदको बाली लगाउन गाई, भैंसी, भेडा लिएर तल झरेका किसान गर्मी चडेपछि फेरी बुकी जान्छन् ।

गाउँ, ढोरपाटन र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाहरुले वर्ष गुजार्छन् । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलुबाली लगाएपछि गोठालाहरु चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौषसमा वस्तुभाउको लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरपाटन र निसीबासी घुम्ती बसाईमा निस्कने गर्छन् ।

हिउँदमा हिमपात र जाडो बढ्ने भएकाले जाडो छल्न बेसी झरेको कृषक बताउँछन् । पूर्खाहरुले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ्याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारको लागि बाहिर जाने युवाबाहेक गाउँमा बस्ने जवानहरु पनि लेकबेसी गर्छन् । अत्याधिक चिसो बढेपछि एक महिना बन्द भएका ढोरपाटन उपत्यकाका विद्यालय पनि पुनः सञ्चालनमा आएका छन् । विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थीहरु अधिकारीचौर, बोवाङ, बुर्तिवाङ झरेका थियो । फागुन लागेपछि बालबालिका ढोरक्षेत्र फर्केको शिक्षक विकले जानकारी दिए ।

जाडो छल्न हिउँदमा, भेडाच्याङग्रा तथा भाईभैसी लिएर बेसी झरेका स्थानीय कृषकहरु बस्तुभाउ लिएर आलु खेतीको लागि फेरि ढोरपाटन उपत्यका जान थालेका हुन् । गोठालाहरु आलु लगाएर बैशाख अन्तिम सातादेखि ६ महिनाको लागि बुकी जाने गर्छन । बुकी क्षेत्र ढोरपाटन क्षेत्रका किसानको पशुपालनको उपयुक्त क्षेत्र हो । घुम्ति बसाई गर्ने किसानहरुले मौसम अनुसारको खेतीबाली ढोरपाटन उपत्यका र बोबाङमा लगाउने गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->