बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रमापति लक्ष्मिनारायण निजी गुठीको अधिवेशन

रमापति लक्ष्मिनारायण निजी गुठीको अधिवेशन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

बागलुङ/ रमापति लक्ष्मिनारायण निजी गुठी बागलुङको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुदर्शन पन्तको अध्यक्षतामा १५ सदस्यीय रमापति लक्ष्मिनारायण गुठी संरक्षण समिति सर्वसम्मन रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दीनेश पन्त, सचिवमा प्रदीप पन्त, कोषाध्यक्षमा दिलिप पन्त र सहसचिवमा कमल पन्त, सदस्यहरुमा लेखराज पन्त, प्रताप पन्त, शभ्भु पन्त, मोहनराज पन्त, रामु पन्त र दिनेश पन्त रहेका छन् ।

समितिको अन्य ४ सदस्य पदमा महिलासहित नयाँ कार्य समितिको बैठकले मनोनयन गर्ने भएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको मोदीबेनी कालीगण्डकी र मोदीखोला संगमस्थल साके १६३७ सालमा मन्दिर निर्माण भएको छ । ७३ रोपनी क्षेत्रफलमा रहेको मन्दिर ऐतिहासिक महत्वपुर्ण रहेकोले गुरु योजनासहित धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नेगरी काम थालिएको गुठीका सचिव प्रदिप पन्तले जानकारी दिए ।

‘अहिले मन्दिरको छाना छाउने, सत्तल निर्माण, टायल बिछ्याउने लगायत मर्मत संभारका कार्यहरु गरिएको छ’, सचिव पन्तले भने, ‘मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी अन्य काम हुने छ ।’ साधारण सभाको उद्घाटन कार्यक्रम गुठीका अध्यक्ष चित्रराज पन्तको अध्यक्षता र सचिव प्रदीप पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->