बागलुङ / लायन्स क्लब अफ बागलुङ ब्लू शिपको अध्यक्षमा एकिन्द्र बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट लायन बर्ष २०२३ / २४ को लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको प्रथम उपाध्यक्षमा श्याम कुमार थापा मगर, द्धितिय उपाध्यक्षमा शोभा काउचा,तृतीय उपाध्यक्ष इन्द्र बहादुर थापा, सचिवमा रेशम आले, कोषाध्यक्ष हिरा बहादुर थापा चयन भएका छन् ।
यसै गरी क्लब मेम्बरसिप चेयरपर्सनमा पारसिङ्ग थापा मगर, एल.सि.आइ.एफ कोअर्डिनेटर ज्ञान बहादुर थापा, सर्भिस चेयरपर्सन राजिव थापा मार्केटिङ्ग चेयरपर्सन उमेशचन्द्र सर्वुजा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब इन्टरनेशनल ३२५ के, एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी,डेपुटि डिपार्टमेन्ट चिप अनुप रिजाल, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष नारायण आचार्यले शुभकामना मन्तव्य व्यक्त गरे ।
लायन्स क्लब अफ बागलुङ ब्लू शिपका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता रेशम बहादुर आलेकोस्वागत र द्धितीय उपाध्यक्ष श्याम कुमार थापा मगरले संचालन गर्नु भएको कार्यक्रममा लायन्स क्लब अफ बागलुङ ब्लू शिपका नवनिर्वाचित अध्यक्ष एकिन्द्र बहादुर थापाले लायन्स क्लबको निति सिद्धान्त र उदेश्य बमोजिम सामाजिक सेवाका कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबले बागलुङ नगरपालिका वडा नं १०भकुण्डेमा निशुल्क आँखा शिविर संचालन गरेको साथै वृक्षारोपण लगायतका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आएको क्लबका अध्यक्षइन्द्र बहादुर थापाले बताए ।





