बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत कार्यकक्षमा थुनिए

धौलागिरी क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत कार्यकक्षमा थुनिए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

बागलुङ / धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् ।

तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख डा.रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई उनीहरूले क्याम्पसमा ताला लगाएर थुनिदिएका हुन् ।

स्ववियुका सहसचिव सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको क्याम्पस प्रमुख उपाध्यायले टेलिफोनमा बताए । क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिएका छन् ।

थुनिनेमा निर्वाचन समितिका पदाधिकारी पनि रहेका छन । शुक्रबार मनोनयन पत्र वितरण र शनिबार मनोनयन दर्ता गर्नुपर्नेमा अझैसम्म निर्वाचन समितिले म्याद थपेर काम नगरेको ती विद्यार्थीको आरोप छ ।  सोही विषयमा छलफल चलिरहेका बेला विद्यार्थीले ताला लगाएका हुन् ।

साताअघि अखिल पक्षधर विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनुपर्ने, फर्जी विद्यार्थीको परिचय पत्र खारेज गर्नुपर्ने, फर्जी भर्नालाई मतदाता सूचीबाट हटाउनु पर्ने लगायतका माग राखेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।

सोमबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय बढाइएकोमा सो समयमा पनि समय थप गरेपछि विधार्थीहरुले ताला लगाएको वताएका छन् । सोमबार बेलुका ८ बजेसम्म प्रमुख उपाध्याय र निर्वाचन अधिकृत न्यौपाने कार्यकक्षमै नै थनामा छन् ।

क्याम्पस प्रमुख थुनिएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोलीले क्याम्पस पुगेर खुलाउने प्रयास गरेको छ । क्याम्पस प्रमुख उपाध्यायले टेलिफोन संवादमा विद्यार्थी टोलीले छिटो निर्वाचन अगाडि बढाउन माग गरेको बताए ।

‘केही विकल्पको विषयमा छलफल गरिरहेका थियौं, त्यही बेलामा ताला लगाइयो, दबाब दिन होला,’ उपाध्यायले भने, ‘निर्वाचनलाई अगाडि बढाउने विषयमा भित्रै छलफल गरिरहेका छौं ।’  ताला खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->