बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

बागलुङ / नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले नेकपा एमाले मुलुकको लोकप्रिय पहिलो पार्टी भएकोले यसवाट मात्रै मुलुकको समृद्धि सम्भव भएको वताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला-७ रेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गएको निर्वाचनबाट एमाले समानुपातिकमा पहिलो भएको तर प्राविधिक कारणले प्रत्यक्षमा दोस्रो हुन पुगेको वताए ।

नेता विश्वकर्माले जनताले लोकप्रिय पार्टी रोज्दा एमाले रोज्ने तर प्रत्यक्षमा एमालेका उमेदवार पराजित हुने अवस्था आएकोले यसको समेत समिक्षा गर्ने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘निर्वाचनमा समानुपातिकतर्फ जनताले एमालेलाई पहिलो पार्टी बनाए, प्रत्यक्षमा थोरै मतको अन्तरमा धेरै ठाउँमा एमालेका उमेदवार पराजित भएका छन्, नेता विश्वकर्माले भने, ‘एमाले भित्रको समस्याका कारण त हाम्रा उमेदवार पराजित भएका छैनन ? यो विषयमा अभियानका क्रममा मसिनो गरी समिक्षा गरी कमजोरी भएको भए सुधार गरौ ।’

पार्टीभित्र दक्षिणपन्थी अवसरवाद बेला बेलामा प्रकट हुने गरेको वताउदै उनले पार्टीमा समस्या माथि देखि नै आएको र यसको कारण व्यक्तिगत स्वार्थ, कुण्ठा र प्रतिसोध भएको वताए ।

तीन कार्यकालसम्म पार्टीको प्रमुख पदमा बसेर काम गरेका, एमाले निर्माणमा महत्वपूर्ण योगदान गरेका माधव नेपाल र झलनाथ खनालहरु कांग्रेसका पछि लागेर कम्युनिष्ट सिद्धाउन हिडेको भन्दै नेता विश्वकर्माले पार्टीमा देखिने यस्ता खाले अवसरवादलाई पहिचान गरी नेतृत्वले गलत गर्दा कार्यकर्ताले खबरदारी गर्नु पर्ने जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पार्टी भित्रका आन्तरिक समस्याहरुलाई समाधान गरेर मिसन ग्रासरुट अभियानसंगै एकीकृत, सुदृढ र सशक्त पार्टीका रुपमा एमालेलाई स्थापित गर्न सम्पूर्ण नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ लाग्नु पर्ने वताए ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्यहरु गिता शर्मा, हरिनारायण गौतम, हुमा कुमारी जिसी (अञ्जु), रामबहादुर जिसी, एच के कुवँर, जिल्ला सचिवालय सदय प्रेम लामिछाने, दिपक गौतम, नेत्र बहादुर विष्ट, हुमादेवी खड्का, कोपिला खरेल सापकोटा, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की र सचिव विद्यापति शर्मा लगायतले मिसन ग्रासरुट अभियानमार्फत एमालेलाई जनताका बीचमा थप लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

एमाले वडा कमिटिका अध्यक्ष भूमिराज शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र गौतमले र स्वागत उपसचिव महेन्द्र कार्कीले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका मान वहादुर कार्की र टहल वहादुर कार्कीलाई पोलिटब्यूरो सदस्य जगत विश्वकर्माले टिका र माला लगाएर स्वागत गरेका थिए ।

मिसन ग्रासरुट अभियान अन्तरगत रेशका साविकका ९ वटा वडामा चैत ३ देखि १५ गतेसम्म टोल भेला, बैठक, जनवर्गिय संगठनका वैठक, छफलफ कार्यक्रम आयोजना गरिएको र चैत १८ गते संगठित सदस्यहरुको शिविर आयोजना गरिएको वडा अध्यक्ष भुमिराज शर्माले जानकारी दिए ।

अभियानका क्रममा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, जनवर्गीय संगठन गठन, प्रशिक्षण र भेला लगायतका कार्यक्रम गरिने वडा सचिव रामचन्द्र गौतमले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->