बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ गतेसम्ममा जुनसुकै बेला निर्वाचन हुने

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ गतेसम्ममा जुनसुकै बेला निर्वाचन हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७९, बिहिबार

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गतेसम्ममा जुनसुकै बेला हुने गरि अर्को मिति तोकेको छ । विद्यार्थी संगठनहरुको सहमतिमा १८ गतेसम्म जुनसुकै मितिमा निर्वाचन गर्नेगरी क्याम्पस प्रसासनले पहल थालेको छ ।

चैत ५ को निर्वाचनको जिम्मा लिएका निर्वाचन समितिका संयोजक भक्तिराम न्यौपानेले राजीनामा दिएपछि निर्वाचन अन्यौल भएको थियो । तत्काल निर्वाचन मिति तोक्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघले बुधबारदेखि नै अनशन सुरु गरेको थियो । गेटमा अनशन बसेका विद्यार्थीका कारण क्याम्पस भत्रै रहेका प्रमुख र सहायक प्रमुखहरु समेत बाहिर निस्कन नपाएपछि बुधबार मध्यराती नयाँ मिति तोकेर अनशन तोडेका हुन् ।

स्ववियु निर्वाचनका लागि कार्यालय खुलेपछि अखिल क्रान्तिकारीले पुरै मतदाताको नयाँ परिचयपत्र वितरण गर्नुपर्ने मागसहित तालाबन्दी गरेको थियो । उक्त मागमा क्रान्तिकारीसहितका ५ अखिलले समर्थन जनाएका थिए ।

एक सातासम्म ताला नखुलेपछि नेविसंघले तोडेको थियो । प्रशासनले वार्तामा राख्दा पनि दुई पक्ष नबसेपछि तनाव सिर्जना भएर न्यौपानेले राजीनामा दिएका थिए । त्यसपछि नेविसंघले निर्वाचन मिति घोषणा गर्न माग गर्दै अनशन थालेको थियो ।

२ हजार ४ सय विद्यार्थी भएपनि धौलागिरि बहुमुखी क्याम्पसमा १ हजार ७ सय विद्यार्थी मतदाता कामय भएका छन् । १० विद्यार्थी समूहले संगठन दर्ता गरेपछि निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->