बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको शान्तिदिप बुहुमुखी क्याम्पसमा जमुना देवि शर्माको नेतृत्वमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन गठन भएको छ ।
स्ववीयुको उपसभापतिमा गीता नेपाली, सचिवमा मुना भुसाल र कोषध्यक्षमा विपना परियार सर्वसम्मत चयन भएका छन् । स्ववियुको खुल्ला सदस्यहरुमा एलिना क्षेत्री, पवित्रादेवि शर्मा, मनिसा देवि शर्मा, जमुना देवि शर्मा, संगिता भुसाल र नवराज पौडेल सवृसम्मत चयन भएका छन् ।
आईतबार भएको निर्वाचनमा सबै संगठनको सर्वसम्मतीमा सबैको प्रतिनिधित्व हुनेगरी स्ववियु पदाधिकारी तथा सदस्य चयन गरिएको हो ।





