बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्ववियू निर्वाचनको सूचना खारेज गर्न पाँच विद्यार्थी संगठको माग

स्ववियू निर्वाचनको सूचना खारेज गर्न पाँच विद्यार्थी संगठको माग


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७९, मंगलबार

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनका लागि जारी गरिएको निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।
अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारी विप्लवका सुधन विक, अखिल क्रान्तिकारी बहुमतका दिवस खड्का र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमार्फत निर्वाचन सम्बन्धी सूचना खारेज गर्न माग गरिएको छ ।

५ विद्यार्थी संगठनको अहसमतिका बावजुत जारी गरिएको निर्वाचनको सूचना खारेज गर्न तथा ५ विद्यार्थी संगठनले विभिन्न माग राखेर गरेको तालावन्दी फोड्ने विद्यार्थीको पहिचान गरी कार्वाही गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।

५ विद्यार्थी संगठनका तर्फबाट सोमबार जारी गरिएको विज्ञप्तीमा क्याम्पस प्रशासनसंग राखिएको विभिन्न माग पुरा नभएपछि गरिएको तालावन्दी अराजनीतिक तरिकाले फोडिएकोले उक्त घटनामा संलग्नलाई अबिलम्ब कार्वाही गर्न माग गरिएको छ ।

सहमतिमा निर्वाचन गराउने विषयमा छलफल हुदै गरेको समयमा समेत क्याम्पस प्रशासनमा तालावन्दी गर्ने, निर्वाचन विरोधी क्रियाकलाप गर्ने कार्यको विरोध गर्दै विज्ञप्ती मार्फत आफ्ना माग पुरा नभएसम्म निर्वाचनको प्रक्रिया अगाडि नबढाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->