बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामुदायिक विव्यस महासंघ बागलुङको अध्यक्षमा शाक्य चयन

सामुदायिक विव्यस महासंघ बागलुङको अध्यक्षमा शाक्य चयन


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७९, मंगलबार

बागलुङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ बागलुङ नगर कार्य समितिको अध्यक्षमा बाबुलाल शाक्य चयन भएका छन् । सोमबार बागलुङमा सम्पन्न भेलाले शाक्यको अध्यक्षतमा ११ सदस्यीय नगर कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णु कुमारी शर्मा विजुलन, सचिवमा शान्ता नेपाली,कोषाध्यक्षमा सदिक्षा खड्का चयन भएका छन् । समितिको सदस्यमा कमल बोहोरा ,गांगा कँडेल, सरस्वती शार्की, नन्दकली शर्मा, विक्रम शाक्य, आशा पाईजा, रविलाल किसान चयन भएका छन् । चार सदस्य नगरका सवै वडाको प्रतिनिधित्व हुने गरि पछि थप गरिने जनाइएको छ ।

भेलामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष टिकाराम थापाले महासङ्घको बारेमा जानकारी गराएका थिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ बागलुङका अध्यक्ष भवानी प्रसाद रिजालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय ,बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गांगा शर्मा, विद्यामन्दिर माविका प्रअ शान्तमणी ढकाल, लगाएतले शुभकामना व्यक्त गरे । कार्यक्रम बाबुलाल शाक्यको स्वागत र उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->