बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनताको घरघरमा पुग्ने एमाले पहिलो पार्टी: उपाध्यक्ष पाण्डे

जनताको घरघरमा पुग्ने एमाले पहिलो पार्टी: उपाध्यक्ष पाण्डे


  • सचिता गौतम
  • चैत्र ११ २०७९, शनिबार

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको घर आगनमा पुगेर एमाले वैचारिकरुपमा दिक्षित पहिलो पार्टी बन्ने बताएका छन् ।

एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अन्तरगत शनिवार बागलुङ-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रशिक्षण तथा विस्तारित भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले अभियानले पार्टीलाई जनताको घरघरमा पुराउने र सुदृढ पार्टी बन्ने बताए ।

‘यो ग्रासरुट अभियान मिसनसहित जनताको घर घरमा जाने कार्यक्रम हो’, उपाध्यक्ष पाँण्डेले भने, ‘यसबाट पार्टीलाई थप सिर्जनशिल, शशक्त, वैचारिक रुपमा सुदृढ पहिलो पार्टी बनाउने छौ ।’

मुलुकको अर्थतन्त्रलाई मजवुत बनाउन निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने वताउदै उनले लगानीलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने वताए । पार्टीका कार्यकर्ताहरु पनि उत्पादनमुखी काममा लाग्दै आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

जीवन सिकाईको पाठशाला भएकोले ज्ञान र सिपको सिकाईमा सधै युवा रहनुपर्नेमा जोड दिदै उपाध्यक्ष पाण्डेले युवा र वुढाका विचको अन्तर उसले प्राप्त गर्ने ज्ञानबाट मापन हुने वताए ।

सम्पर्क मञ्चका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा सम्पर्क सहइन्चार्ज अमृता अधिकारी, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य राम प्रसाद रिमाल र चेतनारायण पौडेल, एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, गण्डकी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कँडेल र सचिव पदम गिरी, सल्लाहकार सिपी रेग्मी लगायतले मिसन ग्रासरुट अभियानका वारेमा प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव ओम वहादुर केसीले र स्वागत उपसचिव सचिता गौतमले गरेकी थिईन । भेलाले मिसन ग्रासरुट अभियानका वारेमा कार्ययोजना निर्माण गर्दै भेला, बैठक, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने र सदस्य विस्तारको अभियानलाई अगाडि बढाउने निर्णय गरेको सचिव केसीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->