बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिका मन्दिर परिसरमा सोमबारदेखि चैतेदशैं मेला

कालिका मन्दिर परिसरमा सोमबारदेखि चैतेदशैं मेला


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७९, आइतबार

बागलुङ/ चैत १३ गतेदेखि १७ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला हुने भएको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए । मेलाका लागि खेल तथा साँस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए ।
मेलालाई व्यवस्थित बनाउन कुमार खड्काको संयोजकत्वमा मुल समिति गठन भएको छभने अन्य उपसमिति पनि गठन गरिएको छ ।

रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता संचालन हुनेछ ।

त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रब खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, बिद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचार प्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई ७० हजार र सान्त्वना २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोश्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिनेछ ।

यस्तै, छेलोतर्फ प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय संचालन भैरहेको छ । चैतेदशैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामाग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङला, मान्द्रो लगायतका सामाग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका बिभिन्न घरेलु हतियार समेत बिक्री गर्न ल्याउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->