बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी क्याम्पसको स्ववियू चुनाव विवाद उच्च अदालतमा, बोलायो छलफलमा

धौलागिरी क्याम्पसको स्ववियू चुनाव विवाद उच्च अदालतमा, बोलायो छलफलमा


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७९, आइतबार

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केही बिद्यार्थी संगठनले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत पोखरा बागलुङ इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

बिद्यार्थी संगठन बीचको असहमती बीच स्ववियु निर्वाचनको मिति तोकिएको बिषयमा परेको रिट निवेदनमा उच्चले चैत १४ गते दुवै पक्षलाई राखेर छलफल गर्ने भएको हो । आइतबार उच्च अदालतका न्यायधिश निलम पौडेलको एकल इजलाशले रिट निवेदन उपर छलफलमा आउन आदेश दिएको हो ।

त्रिभुवन विश्व विद्यालयले चैत ५ गतेको लागि तय गरेको निर्वाचन मितिमा निर्वाचन हुन नसकेपछि क्याम्पस प्रशासन र नेविसंघसहित केही बिद्यार्थी संगठनको सहमतीमा चैत १८ गते निर्वाचन गर्ने निर्णय भएको थियो । निर्णय पश्चात अनेरास्ववियु, अखिल क्रान्तिकारी सहितका बिद्यार्थी संगठनले उच्च अदालत रिट निवेदन दिएका थिए ।

५ बिद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई बिपक्ष बनाई निवेदन दिएका थिए । मंगलबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनका बीचमा अदालतमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->