बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा चैतेदशैं मेला सुरु, भलिवलमा १३ समुह सहभागी

बागलुङमा चैतेदशैं मेला सुरु, भलिवलमा १३ समुह सहभागी


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७९, सोमबार

बागलुङ/ बागलुङमा सोमबारदेखि चैतेदशैं मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बेलाको आयोजना गरेको हो ।
गण्डकी प्रदेशकै ठूलो मेलाका रुपमा रहेको चैते दशैं मेलामा आयोजना गरिएको राष्ट्रिय भलिबल खेल प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरेसँगै मेला औपचारिक रुपमा शुरू भएको हो ।

बागलुङ कालिका कुञ्ज परिसरमा सुरु भएको मेला चैतको १७ गतेसम्म सञ्चालन हुने गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मेलाको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले मेला परम्परागत मात्रै नभई खेल, संगीत, उत्पादन र बजारीकरणका हिसाबले महत्वपूर्ण भएको बताए । उनले मेलालाई उपलव्धीमुलक बनाउनुपर्नेमा जोड दिए ।

सोमबार उद्घाटन भएको खेलमा १३ समुह सहभागी छन् । खेलमा प्रथम हुने समुहले तीन लाख पुरस्कारको पाउने गुठीका अध्यक्ष कुमार खड्काले बताए । मेलामा बिबिध सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छ । मेलाको मुल समारोहको उद्घाटन चैत १५ गते चैत्राष्टमीको दिन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->