बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चैतेदशैं मेलामा दर्शकलाई खाजा खुवाउँदै बिबिएका विद्यार्थी

चैतेदशैं मेलामा दर्शकलाई खाजा खुवाउँदै बिबिएका विद्यार्थी


  • सञ्जित पौडेल
  • चैत्र १६ २०७९, बिहिबार

बागलुङ/बागलुङ कालिका मन्दिर परिसरमा चलिरहेको भव्य चैतेदशैं मेला । साथमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको रमझम । किनमेल गर्नेहरुका लागि रामरेखा सामुदायीक बनको चौर स्टलले भरिभराउ छन् । यस्तै माहोलबीच धौलागिरी बुहुमुखी क्याम्पसका विद्यार्थी भने रम्न छोडेर पहिचान दिन व्यस्त छन् ।

मेलास्थलको प्रबेशद्वार नजिकै रहेको स्टलमा तीन दिन यता उनीहरु मेहनत गरिरहेका छन् । कसैले चिया, कसैले मःम र ससेज, कसैले चटपट बनाउँछन् त कसैले जुस र लस्सी । अन्य स्टल खाली हुँदा उनीहरुको स्टलमा खुट्टा अड्याउने ठाउँ छैन् । २० जना छात्रा र १० जना छात्र दिनभर खटिन्छन् । मेला भर्न पुगेका दर्शकलाई छिटोछरितो खाजा पस्किरहेका छन् ।

धौलागिरी बहुमुखी क्याम्पसको ‘बिबिए दोस्रो व्याच’का विद्यार्थीहरु हुन् उनीहरु । मेलामा आउने दर्शकका लागि उनीहरुले आफ्नै बलबुतामा ‘फास्ट फुड सेन्टर’ चलाएका छन् । स्टल भने मेला व्यवस्थापन समितिले उपलव्ध गराएको हो ।

‘हामी बिबिए पढ्ने विद्यार्थी, सिकाई र कमाई दुवै हुने भएकाले साथीहरुकै सल्लाहमा योजना बनाएका हौं’ विद्यार्थी आदेश सापकोटाले भने ‘सुरुमा कस्तो होला, कसरी गर्ने भन्ने थियो, अहिले राम्रो चलेको छ ।’ उनीहरु मेलामा रमाउनभन्दा सिक्न र आफुले बनाएका खाजाका परिकार दर्शकलाई चखाउन व्यस्त छन् ।

सुरुवातमा प्रत्येक विद्यार्थीबाट एक हजार रुपैयाँ संकलन गरेर उनीहरुले यो योजना बनाएका हुन् । तीस हजार रुपैयाँमा खरिद गरेका समग्रीले उनीहरुको ‘फास्ट फुट सेन्टर’ चलेको छ । यहाँबाट हुने आम्दानीको केही हिस्सा उनीहरुले सामाजिक काममा लगाउने योजना बनाएका छन् । सामाजिक काममा खर्चिएर बचेको रकम भने स्थलगत अध्ययनमा हुने खर्चको जोहो गरिने विद्यार्थी पुष्पा शर्माले बताईन् ।

बागलुङ बजारमा रहेको मानवसेवा आश्रमको सहयोगमा नाफा पछिको केही रकम खर्चिने योजना उनीहरुको छ । विद्यार्थीहरुले चलाईरहेको ‘फास्ट फुट सेन्टर’ सेन्टरमा सामाजिक क्षेत्रका अगुवा तथा जनप्रतिनिधिसमेत पुगेर हौसला दिने गरेका छन् । ‘सामूहिक रुपमा गर्ने काममा सबैको एउटै उद्देश्य हुँदा सफलता पाईन्छ भन्ने उदाहरण भाईबहिनीहरुले प्रस्तुत गर्नुभयो’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने ‘यो प्रयास उदाहरणीय छ ।’

विद्यार्थी जीवनमा व्यापार व्यवसायसँग कसरी जोडिन सकिन्छ भनेर ‘फास्ट फुट सेन्टर’मा गरिरहेको कामले सिकाउने सापकोटा बताउँछन् । उनीहरुले ‘फास्ट फुट’ तयार गर्न नत कसैको सहारा लिए न आउने ग्राहकलाई तयार भएका खाजाका परिकार पु¥याउन । जिम्मेबारी बाँडफाँड गरेर काममा खटिने गरेको पुष्पा बताउँछिन् ।

‘मेला अबधिमा ‘फास्ट फुट सेन्टर’ नचलाएको भएपनि मेलामै समय बित्यो, हल्लेर दिन जान्थ्यो’ शर्मा भन्छिन् ‘मेला पनि हेरिएको छ, साथीभाई मिलेर आम्दानी पनि गरिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->