मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा-१८ को निर्वाचन वदर, पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा-१८ को निर्वाचन वदर, पुनः मतगणना गर्न अदालतको आदेश

सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए । 


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७९, मंगलबार

पोखरा / उच्च अदातल पोखराले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न मंगलबार आदेश दिएको छ । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न उक्त आदेश दिएको हो ।

अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । अदालतकै रोहवरमा मतगणना हुनुपर्ने अदालतको आदेश छ।

एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि पुनः मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए । सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए ।

एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए । थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।

३ मतले पराजित भएका पुष्कल थापाले मतगणनाका क्रममा नाै मत गायव पारिएकाे भन्दै पुन मत गणना गर्न माग गरेपनि निर्बाचन कार्यालयले त्यतिवेला अस्वीकार गरेकाे थियाे ।थापाले निर्बाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्बाचन अधिकृतकाे कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए ।

अदालतले यस्ता प्रकृतिका मुद्दामा यति छिटै फैसला गरेकेा सम्भवत याे नेपालकै पहिलाे घटना हाे । सामान्यतया यस्ता मुद्दा पाँचै वर्ष अवधि पुरा हुँदा पनि फैसला नभएका उदाहरण पनि छन् । निवेदनमा वादीका तर्फबाट कानुन व्यवसायीहरु हरि सुवेदी, सुरेन्द्र थापा मगर र मदन तिवारीले बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->