बागलुङ / नेकपा एमालेले संगठन सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार बागलुङ काठमाडौं सम्पर्क मञ्चले निर्वाचन क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण समपन्न गरेको छ ।
निर्वाचन क्षेत्र नं. १ स्तरीय भेलाले कृष्ण खड्काको अध्यक्षतामा बागलुङ निर्वाचन क्षेत्र नं. १ को सम्पर्क मञ्च गठन गरेको छ । क्षेत्रिय सम्पर्क मञ्चको उपाध्यक्षमा तिलक शर्मा, सचिवमा कृष्ण शर्मा र सदस्यहरुमा नेत्र सुवेदी, प्रदिप कँडेल, सुरज खनाल, शारदा ढकाल, रमेश विक र निराजन थापा रहेका छन् ।
कार्यक्रममा सम्पर्क समन्वय कमिटीका सदस्य चेतनारायण पौडेल, गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, गण्डकी प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष राजेन्द्र आचयार्य, सचिव पदम गिरी, सम्पर्क समन्वय कमिटीका सदस्य अमृता अधिकारी, गण्डकी प्रदेश सम्पर्क कमिटीका सदस्य एशोदा थापा, पदम कुमारी थापा, सिवी थापा, काठेखोलाका मिसन ग्रासरुट प्रतिनिधी दिल कुमारी थापा लगायतका पार्टी, संगठन, दर्शन, मिसन ग्रासरुट अभियान लगायतका विषयमा प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।

बागलुङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ओम वहादुर केसीले गरेका थिए । भेलाले सदस्यता विस्तार, नविकरण, क्षेत्र र पालिका स्तरीय भेला, प्रशिक्षण, जनवर्गिय संगठनका बैठक लगायतका कार्ययोजना निर्माण गरेको उपाध्यक्ष तारा प्रसाद सापकोटाले वताए ।





