बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगतिले सहकारीले प्रदान गर्यो मृतक शेयर सदस्य राहत रकम

प्रगतिले सहकारीले प्रदान गर्यो मृतक शेयर सदस्य राहत रकम


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७९, शनिबार

बागलुङ / प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्यु भएकोमा शेयर सदस्य राहत रकम प्रदान गरेको छ । प्रगति राहत कोषबाट शेयर सदस्यको मृत्यु भएकोमा २० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

शेयर सदस्य काठेखोला-२ भीमापोखराका साजन सापकोटाको घरमै पुगेर संस्थाका अध्यक्ष कृष्ण प्रसाद (कुमार) पौडेलले रु. २० हजार सहित समवेदना पत्र उनका परिवारलाई प्रदान गरेका हुन् । सो अवसरमा संस्थाका अध्यक्ष पौडेलले प्रगति राहत कोषबाट शेयर सदस्यका परिवारलाई २० हजार प्रदान गरिएको र यसले परिवार केही सहयोग मिल्ने वताए ।

राहत वितरण कार्यक्रममा संस्थाका सल्लाहकार भीम प्रसाद गौतम, उपाध्यक्ष तोयानाथ गौतम, सहसचिव बालकृष्ण शर्मा, कार्य समिति सदस्य विजयराज पन्त र नारायणदत्त रेग्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->