बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदेश सांसद पाठकलाई अमलाचौरमा सम्मान

प्रदेश सांसद पाठकलाई अमलाचौरमा सम्मान


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७९, शनिबार

बागलुङ /गण्डकी प्रदेश सांसद कृष्ण पाठकलाई गृह गाउँ अमलाचौरमा एक कार्यक्रमका बीच स्थानीयहरुले स्वागत तथा सम्मान गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मेर नेकपा एमालेको राजनीतिसँगै गण्डकी प्रदेश सांसद हुनुभएको भन्दै स्थानीयहरुले बाँजा गाजा सहित सांसद पाठकलाई सम्मान गरेका हुन् ।

लामो समय देखि राजनीतिमा सक्रिय पाठक हालै नेकपा एमालेको गण्डकी प्रदेश सदस्य भएका थिए । अमलाचौरमा जन्मेर गण्डकी प्रदेश सांसद जस्तो गरिमामय पदमा पुगेको भन्दै स्थानीय समाजसेवी, बुद्धिजीवि, आमा समूह लगायतले पाठकलाई स्वागत तथा सम्मान गरेका थिए ।

स्थानीयहरुले सांसद पाठकलाई स्वागत तथा सम्मान पछि अमलाचौरको विकास र समृद्धिका लागि
काम गर्नका लागि सुझाव समेत दिएका थिए ।

उनिहरुले लामो समय राजनीतिमा सक्रिय भई प्रदेश सांसद बनेको भन्दै समग्र वलेबाको प्रतिष्ठा बढेको बताएका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद कृष्ण पाठकले स्थानीयहरुले गरेको सम्मानले पुन गाउँप्रतिको जिम्मेवारी थपेको बताए । उनले आफ्नो कार्यकालमा कुनै राजनीतिक दल विशेष नभई समग्र वलेवा र अमलाचौरको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले वलेवा क्षेत्रमा संघ तथा प्रदेशबाट ठूला सडक तथा खानेपानीको काम भइरहेको जानकारी गराउदै जनताको सेवामा इमान्दार भएर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->