बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलाको मध्यकालिन समिक्षा: गाउँ सभादल गठन

काठेखोलाको मध्यकालिन समिक्षा: गाउँ सभादल गठन


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७९, शनिबार

बागलुङ / नेकपा एमाले काठेखोला पालिका कमिटीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको मध्यकालिन समिक्षा गरिएको छ । एमालेका पोलिटब्यूरो सदस्य जगत विश्वकर्माको उपस्थितिमा शनिवार मध्यकालिन समिक्षा गर्दै पार्टीको गाउँ सभादल गठन गरिएको हो ।

कार्यक्रममा निर्देशनात्मक मन्तब्य राख्दै पोलिटब्यूरो सदस्य विश्वकर्माले ग्रासरुट अभियानमा पार्टीका सवै अंग परिचालन भएकाले उपलब्धि प्राप्त भएको वताए । ‘अहिलेसम्मका कामले उपलब्धि प्राप्त भएको छ’, पोलिटब्यूरो सदस्य विश्वकर्माले भने, ‘अब बाँकी काम एक हप्ताभित्रमा गरिसक्नु पर्दछ ।’

जनप्रतिनिधी र पार्टी विचको अन्तर समबन्धलाई सहिरुपमा बुझ्न र कार्य गर्न निर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिदै उनले पालिकाभित्र आयोजनाहरु छनौट गर्दा समृढ नेपाल र सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने कुरामा ध्यान दिन जोड दिए । पालिकाभित्रका कामलाई पार्टीको गाउँ सभादल मार्फत छलफल गरेर अगाडि बढाउन निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरावहादुर केसी, प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, कुल वहादुर विक, प्रदेश सल्लाहकार शिवलाल कँडेल, जिल्ला कार्यालय सचिव अमर थापा, जिल्ला कमिटी सदस्य रुद्र वहादुर महत, प्रेम लामिछाने, प्रेम केसी, नविन कँडेल, सन्दिप कँडेल लगायत ले विषयगत प्रस्तुती दिदै मिसन ग्रासरुट अभियानले पार्टी कार्यकर्तालाई राजनैतिक र सैद्धान्तिक रुपमा प्रशिक्षित गर्ने वताए ।

पालिका कमिटीका अध्यक्ष डिल वहादुर कार्कीका अध्यक्षतामा समपन्न कार्यक्रममा वडा नं.१का सचिव महेन्द्र खड्का, २ का अध्यक्ष नारायणदत्त रेग्मी, ३ का उपाध्यक्ष प्रेम घर्ति, ४ का अध्यक्ष सुरेश घर्ति, ५ का अध्यक्ष हिरालाल सापकोटा, ६ का अध्यक्ष हरिलाल कँडेल, ७ का अध्यक्ष भुमीराज शर्मा र ८ का अध्यक्ष डम्मरसिंह घर्तिले वडागत रुपमा रिपोर्टिङ गरे ।

सो अवसरमा सहभागी सिएम शर्मा, निर वहादुर विक, प्रेम घर्ति, देव वहादुर श्रीस, नर वहादुर क्षेत्री, प्रेम वहादुर कार्की लगायतले जिज्ञासा राख्दै पार्टी नेतृत्वले पनि आफ्ना कमीकमजोरीहरुलाई सच्याउनुपर्ने वताए । कार्यक्रमको सञ्चालन सचिव विद्यापति शर्मा र उपसचिव तिलक खड्काले तथा स्वागत मन्तब्य नर वहादुर क्षेत्रीले गरेका थिए ।

गाउँ सभादलको प्रमुखमा कुल वहादुर विक
नेकपा एमालेले शनिवार नै काँठेखोला- ३ का वडाअध्यक्ष एवं पार्टीका प्रदेश कमिटीका सदस्य कुल वहादुर विक प्रमुख रहेको काठेखोला गाउँ सभादल गठन गरेको छ । पालिका भित्रका संसदीय गतिविधिलाई ब्यवस्थित रुपमा अगाडि बढाउन गाउँ सभादल गठन गरिएको एमालेले जनाएको छ ।

गाउँ सभादलको सदस्यमा विद्यापति शर्मा, प्रेम वहादुर लामिछाने, प्रेम वहादुर घर्ति, दिपेन्द्र वहादुर खत्री, शुरेश थापा, टुल्कीदेवी खड्का, प्रेम वहादुर कार्की, विष्णु विक, डम्मर वहादुर थापा, शारदा थापा, सिता सुनार, भीम वहादुर केसी, चन्द्रकला थापा र बुद्धिकला किसान रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->