बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार

धौलागिरि बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७९, आइतबार

बागलुङ/ धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको र उनीहरूको सकुशल उद्धार गरि काठमाडौं पठाइएको पौडेलको भनाइ छ । धौलागिरि बेसक्याम्पमा सामान पुर्‍याउन गएको हेलिकप्टर दुर्घटनामा परेको प्रजिअ पौडेल बताउँछन् ।

हेलिकप्टर बिहान ११ः११ बजे सम्पर्कविहीन भएकोमा डेढ घण्टापछि सम्पर्कमा आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->