बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेरि बढ्यो कोरोना त्रास, मापदण्ड पालन आग्रह

फेरि बढ्यो कोरोना त्रास, मापदण्ड पालन आग्रह


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७९, मंगलबार

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

छिमेकी देश भारत तथा चीनमा कोभिड–१९ को नयाँ भेरियनट संक्रमण बढेको र उक्त भेरियन्टको संक्रमणको दर नेपालमा पनि बढेको हुँदा जिल्ला तहमा पूर्व सतर्कताको लागि नागरिकलाई सचेत गरेको हो ।

नयाँ भेरियनटको संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि सतर्कता र पुर्व तयारी आवश्यक छ । सरकारी कार्यलय, संघसंस्था र सार्वजनिक सवारी साधान र व्यापार व्यवसायिमा आवशयक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सेवा सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

प्रशासनले सार्वजनिक यातायात र भिड्भाडा हुने स्थानहरमा जाँदा अनिवार्य मास्क लगाउने स्यानिटाइजरको प्रयोग गर्ने लगायतका आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको छ । संक्रमणको जोखिम लगातार बढी नै रहेको वर्तमान परिस्थितीलाई मध्येनजर गदै प्रत्येक स्थानयि तह, सुरक्षा निकाय र सामाजिक संघसंस्थामार्फत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रजिअ बरालको भनाई छ ।

स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा स्थानीय तहले सन्देशमुलक प्रचार सामाग्री तयार गरी प्रचारप्रसारको व्यवस्थापन मिलाउने र जिल्लाका सबै स्वास्थ्य संस्था आवश्यकमा औषधी र उपकरणको व्यवसथा मिलाई तयारी अवस्थामा रहन निर्देशन छ । कोरोनाको उपचार गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा हाल कोरोनाका बिरामी छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->