बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा शिक्षक पदस्थापनमा बिबाद्

बडिगाडमा शिक्षक पदस्थापनमा बिबाद्


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७९, बुधबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकामा नवनियुक्त शिक्षकहरुको पदस्थापनको बिषयमा बिबाद भएको छ । गाउँपालिकाले योग्यताक्रम अनुसार शिक्षकहरुलाई विद्यालय छनोट गर्न नदिएपछि बिबाद सिर्जना भएको हो ।

बुधबार बिहान ७ बजे पदस्थापनका लागि शिक्षकहरुलाई बोलाएको थियो । शिक्षा सेवा आयोग र शिक्षा बिकास तथा समन्वय इकाई बागलुङले नियुक्तिका क्रममा तयार गरेको योग्यताक्रम भन्दा फरक हिसावले गाउँपालिकाले बिद्यालय छनोट गर्न लगाएको शिक्षक कमला ज्ञवालीले बताईन् । ‘पहिला तपाई त्रिभुवन मावी पर्नुभयो ढुक्क हुनुहोस भनियो, पछि अर्को कुन बिद्यालयमा पदस्थापन हुनस् भनियो, किन यस्तो भयो भन्दा धम्काउने काम भयो’ ज्ञवालीले भनिन् ‘सरुवा नदिम्ला, पदस्थापननै नगरौंला भनेर थर्काउने काम भयो ।’

प्राथमिकिकरण अनुसार विद्यालय छनोट गर्न नपाएको भन्दै नौ जना शिक्षकहरुले प्रमुख प्रशासकीय अधिकृतलाई प्राथमिकिकरण अनुसार विद्यालय छनोटको वातावरण बनाईदिन संयुक्त पत्र लेखेका छन् । शिक्षकहरुले प्राथमिकिकरण भन्दापनि चिनजान र आस्थाका आधारमा विद्यालय छनोट गर्न दिईएको आरोप लगाएका छन् ।

गाउँपालिकाले भने उपल्लो योग्यता भएका शिक्षकलाई माध्यमिक विद्यालयमा पठाउँदा केही समस्या भएको जनाएको छ । प्राथमिकिकरण नमिचिकनै बिद्यालयहरुको मागका आधारमा माथिल्लो योग्यता भएका बिषयगत शिक्षकहरुलाई माध्यमिक विद्यालयहरुमा पदस्थापन गराईएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । ‘योग्यताक्रम नमिलेको भनेर पत्र दिनुभएको छ, अहिले केही शिक्षक साथीहरु मात्रै पदस्थापन हुन बाँकी छ, कुरा नबुझ्दा समस्या भएको हो, पदस्थापनमा समस्या होईन् ।’ भण्डारीले भने ।’ गाउँपालिकाभर १ सय ८ जना शिक्षक प्राथमिक तहमा स्थायी नियुक्ती पाएर पदस्थापनका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->