बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला : आम्दानीभन्दा खर्च धेरै

अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला : आम्दानीभन्दा खर्च धेरै


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

बागलुङ/ गलकोट नगरपालिका–५ टेउवामा तीन बर्षअघि आयोजित अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरिएको छ । गलकोट कला प्रतिष्ठानले मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरेको हो ।

२०७६ फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा प्रतिष्ठानलाई ८ हजारभन्दा बढी ऋण लागेको छ । प्रतिष्ठानले एक करोड ३० लाख ३१ हजार ६ सय ३१ रुपैयाँ आम्दानी गर्दा एक करोड ३० लाख ३९ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या. पुर्णबहादुर रानाले जानकारी दिए ।

कार्यशालाका लागि गण्डकी प्रदेश, संघ सरकार, गलकोट नगरपालिका र बिभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए । जग्गाको व्यवस्थापनदेखि कार्याशालामा बिभिन्न देशका मुर्तिकार ल्याउँदासम्मको खर्च बिबरण सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानले टेउवामा मूर्तिकला कार्यशालाको सम्भाव्यता अध्ययन गरी जग्गा र आर्थिक व्यवस्थापन गरेर मूर्तिकला कार्यशाला गरेको थियो । गलकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न मूर्तिकलाको संरक्षण र संवद्र्धन गर्न प्रतिष्ठानले गृहकार्य गरिरहेको छ ।

कार्यशाला व्यवस्थापनको लागि स्थानीयले ११ रोपनी जग्गा उपलब्ध गराएका थिए । कार्यशाला निर्माणको लागि संघले ५० लाख र गण्डकी प्रदेश सरकारले ४० लाख गरी ९० लाख बजेट विनियोजन गरेको थियो । मुर्तिकला कार्यशाला निर्माण गर्नको लागि करिब तीन करोड खर्च लाग्ने अनुमान गरिएको थियो ।

दश जना बिदेशी र पाँच जना नेपाली ख्याती प्राप्त मुर्तिकारहरुले कार्याशालामा मुर्ति तयार गरेका थिए । कार्याशालामा निर्माण भएका मुर्तिहरु अहिले आन्तरिक पर्यटको आकर्षणका केन्द्र भएका छन् । ‘प्राकृतिक रुपमा सुन्दर र मनमोहक टेउवालाई मूर्तिकलाले थप सुन्दरता प्रदान गरेको छ’ गलकोट नगरपालिकाका उपप्रमुख फमलाल न्युरेले भने, ‘गलकोटमा पर्यटन प्रवद्र्धन गर्न अन्तराष्ट्रिय मूर्तिकलाले उल्लेख्य भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->