बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्मचारीका लागि एक महिने सांकेतिक भाषा तालिम

कर्मचारीका लागि एक महिने सांकेतिक भाषा तालिम


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

बागलुङ/ बागलुङ नगरपालिकाले कर्मचारीहरुका लागि एक महिने सांकेतिक भाषा तालिम सुरु गरेको छ । नगरका कर्मचारी र बहिराहरु बीच सञ्चारको सहजताका लागि तालिम आयोजना गरिएको हो ।

तालिमको कार्यबहाक नगरप्रमुख राजु खड्काले उद्घाटन गरे । बहिराहरुका लागि कार्यालयबाट सहज सेवा प्रवाह गर्न तालिम सहयोगी बन्ने खड्काले बताए । ‘बाटोमा भेट्दा समेत नमस्कार गर्ने तर, सञ्चो बिसञ्चो सोध्न सञ्चारको समस्या हुने भएकाले तालिम आयोजना गरिएको हो’ खड्काले भने ‘सांकेतिक भाषाका आधारभुत बिषय मात्रै जानकारी हुँदा सेवा प्रवाह र सञ्चारमा सहजता आउँछ ।’

कर्मचारीका लागि सांकेतिक भाषा तालिमको आयोजना गरेर नगरपालिकाले बहिराहरुप्रति न्याय गरेको बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलले बताए । उनले भाषा सिक्न कठिन नरहेको भन्दै एक महिनामा धेरै जानकारी हुने बताए ।

संघको समन्वयमा सञ्चालन हुने तालिममा हरेक दिन कार्यालय समय सकिएपछि कर्मचारीहरु सहभागी हुने छन् । सबै बिषयत शाखाका इच्छुक कर्मचारीलाई तालिममा सहभागिताका लागि अनुरोध गरिएको छ ।

तालिममा बहिरा संघका अध्यक्ष सन्तोष पौडेल र सचिव बासु थकालीले सहजीकरण गर्ने छन् । सांकेतिक भाषाका सामग्री, तालिमको पाठ्यक्रम, तालिम हल लगायतको व्यवस्थापन बागलुङ नगरपालिकाले गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->