बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शालिग्राम बचाउन महोत्सवको तयारी

शालिग्राम बचाउन महोत्सवको तयारी


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

बागलुङ/ पछिल्लो समय दोहनले कुरुप बनेको कालीगण्डकी नदी र कालीगण्डकीमा पाइने शालीग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालीग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न शालग्राम महोत्सवको तयारीसमेत गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालग्राम संग्राहलय व्यवस्थापन समिति लगायत धार्मिक संस्थाहरुको अगुवाइमा महोत्सव हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे ऋषि प्रपन्नाचार्यले जानकारी गराएका थिए ।

महोत्सवमा कालीगण्डकी नदी र शालीग्रामको महत्व दर्शाउन बिभिन्न क्रियाकलाप संचालन गरिने छ । नदी सभ्यता र शालीग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालीग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको हो ।

बैसाख ११ देखि १५ गतेसम्म संचालन हुने महोत्सवमा कालीगण्डकी र शालीग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र रत्यौलीको माध्यमबाट प्रष्ट बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि स्थानीयसहित बिभिन्न धार्मिक स्थलबाट आउने भक्तजन र धार्मिक अगुवाहरुको सहभागिता रहने उनले जानकारी दिए ।

झण्डै साँढे ६ करोड लागतमा बनाइएको भूमिगत शालीग्राम संग्राहलयमा १ लाख १५ हजार शालीग्राम संग्रह गरिएको छ । संग्राहलय निर्माणपछि शालीग्रामको महत्वबारे धेरैले बुझ्ने अबसरसमेत पाएका छन् । यहाँ दैनिक दुइ सयदेखि ५ सय धार्मिक पर्यटकहरु आउने गरेको बताइएको छ । ‘नदीमा लोप हुन लागेकोले शालीग्रामको संग्राहलय बनाउनुप¥यो’ ऋषि प्रपन्नाचार्यले भने, ‘अब कालीगण्डकी बचाउन सकिएन भने शालीग्रामको अस्तित्व नै लोप हुनेछ । नदी किनारका ठूला ढुंगासमेत फोडेर सकिएकोले अब नदी सभ्यता पनि लोप हुने भयो ।’

नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने भएकोले ढुंगा गिटी र बालुवा उत्खनन् गर्दा संरक्षणलाई ध्यान दिएर नीति बनाउनु पर्ने माग गरिएको छ ।

महोत्सवमा शालीग्रामको गौरवगाथा बिषयक कवि गोष्ठी, कालीगण्डकी र शालीग्रामको काब्यव्यथा बिषयक रत्यौली, आत्यात्मिक प्रवचन, शालीग्रामकै महिमा बिषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालीग्रामको कथाव्यथा बिषयक आध्यात्मीक दोहोरी र प्रवचनम समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->