मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपाली इतिहासकै भयानक ठूलो जहाज दुर्घटना

नेपाली इतिहासकै भयानक ठूलो जहाज दुर्घटना


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८०, शुक्रबार

पोखरा/२०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे । माघ १ गते काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुले ज्यान गुमाएका थिए । जुन दुर्घटना नेपाली हवाइ इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो ।

विमानमा चालक दलका ४ जना, ३७ जना पुरुष, २५ जना महिला ३ बालबालिका, ३ शिशु, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक जना अर्जेन्टिनी, एक जना आइरिसियन र एक जना फ्रान्सेली नागरिक रहेका थिए । विमान १० बजेर ५० मिनेट जादाँ सेती खोंचमा खसेको थियो ।

तारा एअर दुर्घटना २२ को मृत्यु

२०७९ जेठ १६ गते सोमबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एन–एईटी, डिएचसी–६ ट्विनअटर वायुयान दुर्घटना हुँदा चालक दलका ३ जनासहित १९ जना यात्रुको मृत्यु भयो । जहाजमा १३ नेपाली, चार भारतीय र २ जर्मनी सवार थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->