पोखरा / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् । प्रदेशसभा भवन नदीपुरमा वैशाख ९ गते शनिबार दिउँसो ३ बजे बैठक बोलाइएको छ ।





