बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आयोजनाको त्रुटीले खानेपानी अभाव

आयोजनाको त्रुटीले खानेपानी अभाव


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८०, शनिबार

बागलुङ/ धारामा पानी खस्ने बेला आयोजनामा प्राबिधिक त्रुटी देखिएपछि धम्जा देउरालीका सर्वसाधारण निरास भएका छन् । खानेपानीको अभाव रहेको बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको देउराली गाउँमा पानी पु¥याउन लिफ्टिङ आयोजना सञ्चालन गरिएको थियो ।

दुई बर्षअघी सुरु भएको आयोजनामा प्राबिधिक समस्या देखापरेपछि उपभोक्ता निरास छन् । देउरालीका स्थानीयको घर घरमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ सोलार लिफ्ट आयोजना सुरु भएपछि खानेपानी सुविधा पाउने आसामा थिए । आयोजना निर्माणमा जनश्रमदान र व्यवस्थापकीय काममा उनीहरुले निर्माण पक्षलाई सहयोग गरे ।

जतिसक्दो छिटो काम सकेर आफ्नो अभाव टार्ने दिनको पर्खाइमा रहेका उपभोक्ताको अपेक्षा पुरा भएनन् । प्राविधिक त्रुटीपछि आयोजनाका संरचना उपभोगविहिन भएका छन् । देउरालीका २० घरधुरी, एक सामुदायिक विद्यालय र स्वास्थ्यचौकी उक्त आयोजनाका उपभोक्ता हुन् । देउराली खर्कको चौरमुनीको खोलाबाट पानी तानेर बस्तीमाथि निर्माण गरिएको ट्याङ्कीमा संकलन गरी वितरण गर्ने लक्ष्यका साथ आयोजना सुरु भएको थियो ।

गाउँपालिकाको करिब तीन चरणमा १९ लाख रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाको पानी तान्न मुलमा प्रयोग भएको मोटर पटक–पटक बिग्रेपछि स्थानीयले पानी उपयोग गर्न नपाएको उपभोक्ता महेन्द्र श्रेष्ठले बताए । स्थानीयले मठे र असौजे खोलाबाट पाईपमार्फत ल्याएको पानी सिमित मात्रमा प्रयोग गर्दै आएका छन् । ‘नयाँ योजनाले पानी प्रसस्तै हुने अपेक्षा थियो’ श्रेष्ठले भने–‘दुई पटकसम्म मोटर मर्मत गर्दा पनि नियमित नभएपछि पुरानै योजनाको पानीमा भर पर्नुपरेको छ ।’ पुरानो खानेपानीले खाना र वस्तुभाउलाई खुवाउन पुगेपनि नुहाउन र लुगाफाटा धुन नपुग्ने उनको भनाई छ ।

प्राविधिक समस्याले आयोजना सञ्चालन नभएको उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए । ‘पहाडको माथिल्लो भागमा बस्ती हुँदा नजिकमा मुहान छैनन’ श्रीसले भने–‘पानी पम्प गरेर तान्ने मोटर चट्याङ्गले क्षति गरेको छ ।’ आयोजना सञ्चालनको लागि वडा र गाउँपालिकामा पहल गरेको उनले जानकारी दिए । आयोजना सञ्चालन नभएको बारे आधिकारिक रुपमा वडा कार्यालयमा जानकारी नभएपछि वस्तुस्थित पत्ता लगाएर जनतालाई खानेपानी सुविधा विस्तार गर्ने वडाध्यक्ष कुलबहादुर विकले बताए ।

गाउँपालिकाको पहिलो कार्यकालमा लिफ्ट आयोजना सञ्चालन गरिएको थियो । ‘नागरिकले खानेपानी सहज ढंगले पाउनुपर्छ’ वडाध्यक्ष विकले भने– ‘प्राविधिक समस्या र त्यहाँको वास्तविक अवस्था बुझेर काम अघि बढाउँछौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->