बागलुङ/ समाजलाई गतिशील र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् ।
बागलुङ समाज पोखराले नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रममा बोल्ने अगुवाहरुले समाजलाई सभ्य र गतिशिल बनाउन सुशासन अनिवार्य भएको वताए ।
कार्यक्रममा वोल्दै समाजका पूर्वअध्यक्ष डा. भवानी पाण्डेले समाजमा निम्न पुँजीवादी चिन्तन र संस्कृति हावी भएकाले यसले अवसरवाद जन्माएको वताए । ‘अवसरवादले समाज ध्वस्त भएको छ’, डा.पाण्डेले भने, ‘अव हरेक नागरिक सचेत हुँदै सवै क्षेत्रमा खबरदारी गर्नुपर्ने आवश्यकता छ ।’ उनले अरुको गलत क्रियाकलापको विरोध गर्दा आफू असल हुनुपर्ने वताए ।
सो अवसरमा समाजका पूर्वअध्यक्ष भीमबहादुर श्रीस, कुलचन्द्र शर्मा, सुनिल पाण्डे, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पत्रकारहरु हरिनारायण गौतम, वेलु थापा, स्वास्थ्यकर्मी कुष्मराज सुवेदी, वुद्धिजीवी टीकाराम आचार्य, मेघनाथ ढकाल, अधिवक्ता चेतनारायण शर्मा, प्रकाश थापा, इन्द्र पाठक, गणेश शर्मालगायतले समाजलाई बागलुङको पहिचानसंग जोड्न र आर्थिक उन्नतिमा ध्यान दिन सहकार्यलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।
उनीहरुले नयाँ बर्षलाई उन्नती, समृद्धि र प्रगतिको बर्ष बनाउनुपर्ने वताउदै समाजका गतिविधिलाई बढाउन नयाँ वर्ष सफल हुने विश्वाससहित शुभकामना दिए ।
सो कार्यक्रममा बागलुङ समाज पोखराले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्ते पात्रोको सामुहिक रुपमा लोकार्पण गरिएको थियो भने सहभागी सवैले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । समाजका अध्यक्ष डिल्लीप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव नरेश सुवेदीले र स्वागत उपाध्यक्ष ठाकुरप्रसाद सापकोटाले गरेका थिए ।





