मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा–३० मा ढलान बाटो उद्घाटन

पोखरा–३० मा ढलान बाटो उद्घाटन


  • ढोरपाटन संवाददात
  • बैशाख ३ २०८०, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबीसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ ।

महानगरपालिका तथा उपभोक्ताको गरी २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गाबहादुर सुबेदी र निवर्तमान वडाध्यक्ष श्रीराम पोख्रेलले उद्घाटन गरे।

बाटो निर्माण समितिका अध्यक्ष विजय गुरुङको अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य उमा परियार, टोल विकास संस्थाका अध्यक्ष सुमित्रा सुबेदी, नागरिक परोपकार समन्वय संस्था, पोखरा– ३०का अध्यक्ष चिरन्जीवी तिवारीले भनाइ राखेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य कार्यसमितिका तर्फबाट राजेन्द्र ओझाले राखेका थिए भने कार्यक्रमको संचालन सुरेन्द्र पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->