
बागलुङ/ बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराको सिंगो गाउँ नै आगलागीको जोखिममा परेको छ । कुश्मीशेराको कान्ले गाउँ नजिकैको जंगलबाट लागेको आगोले भण्डार गाउँ जोखिममा परेको हो ।
हावाहुरी चलिरहेकाले आगो नियन्त्रण बाहिर रहेको वडा अध्यक्ष बिष्णु आचार्यले बताए ।
आगो घरगोठ नजिकै पुगेको भएपनि नियन्त्रणमा लिन सकिएको छैन् । भण्डार, सिरुवारी, कान्ले, कुश्मीगाउँ लागयतका गाउँका सर्वसाधारण र प्रहरी समेत प्रयासमा नियन्त्रणमा लिन खोजिए पनि हावाहुरीका कारण समस्या भैरहेको छ ।
वडा कार्यालयले आगो निभाउनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।





