बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आगलागीमा गोठ जल्यो, शिक्षिका घाईते

आगलागीमा गोठ जल्यो, शिक्षिका घाईते


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८०, बिहिबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्ले, भण्डार गाउँमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । किसानका खेतमा राखिएका मिनीटेलर लगायतका कृषि उपकरणसमेत जलेका छन् । आगो निभाउने क्रममा एक शिक्षिका घाईते भएकी छन् ।

बुधबार रातीदेखि लागेको डढेलोले स्थानीय कलाधर शर्माको गोठ जलेको हो । भण्डार खेतमा मकै लगाउनका लागि राखिएको स्थानीय नवराज पौडेलको मिनीटेलर हलो जलेको छ । बिद्यालय नजिक पुगेको आगो निभाउन खोज्दा सिद्धिगणेश प्राथमिक बिद्यालयमा कार्यरत शिक्षिका सरिता शर्मा घाईते भएकी छन् । शर्माको खुट्टामा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भैरहेको छ ।

कान्ले गाउँमाथीको जंगलबाट सुरु भएको आगलागीले भण्डार आउँमा पुगेर क्षती पु¥याएको हो । भण्डारमा रहेको सिद्धिगणेश प्राथमिक विद्यालय परिसरमा समेत आगलागी भएको वडा अध्यक्ष बिष्णु आचार्यले बताए । हावाहुरीका कारण आगो नियन्त्रणमा आउन नसक्दा बस्तीमा समेत क्षती पु¥याएको आचार्यले बताए ।

स्थानीयले आगो नियन्त्रणका लागि अग्नीरेखा काट्ने लगायतका बिधि प्रयोग गरेका थिए । हावाहुरीका कारण आगो नियन्त्रण नहुँदा गाउँमा रुवाबासी चलेको थियो । ‘ज्यान जोगाउनै कठिन भयो, गाउँलेहरुको भागाभाग सुरु भएको थियो’ आचार्यले भने ‘निकै मेहनत गरेर जोखिम कम गरेका छौं, तर ढुक्क हुने अवस्था छैन ।’ जंगलमा कुहिएका रुखबिरुवाहरु जलेकाले लामो समय आगो रहने उनले बताए । जलेका रुखहरुको आगो नसकिएसम्म ढुक्क हुने अबस्था नआएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->