मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८०, बिहिबार

पोखरा / पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो ।

फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको आफूले जानकारी पाएको गायकले बताए ।

चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो । ‘घटनाबारे बुझ्न टोली घटनास्थलमा खटिएको छ’, फोहोर व्यवस्थापन शाखाका कर्मचारी गायकले भने, ‘उनी अनुभवी चालक थिए । घटना कसरी घट्यो, बुझ्दै छौैं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->