बागलुङ/ पर्यटकीय क्षेत्र टेउवा चिनाउन नेपाल भूतपूर्व सैनिक संघले जिल्लाभरका भूपू सैनिकको भेला गरेको छ ।
भेलाका सहभागिले पर्यटन क्षेत्रको विकास गर्न र ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा साथ दिने बताए । भूपू सैनिकको नेतृत्वले आफ्नो अधिकारभन्दा सेवामा समय बिताउने योजना बनाउन कार्यकर्तालाई आग्रह गरे ।
भूपू सैनिक संघ बागलुङले प्रकाशित गरेको क्यालेन्डर बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले सामाजिक क्षेत्र आफ्नो पहिलो रोजाइ भएको बताएका हुन् । कार्यक्रममा संघका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीले पद र सुविधामा भन्दा भूपूहरु सेवामा बढी सक्रिय बन्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले भूपू सैनिकहरुको साथ र सहयोगले पार्टी निर्माण र संचालनमा सहयोग पुगेको बताइन् । उनीहरुको इमान्दारीताबाट पार्टी कार्यकर्ताले पाठ सिक्नुपर्ने उनले धारणा राखिन् ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, कांग्रेस नेता जगदिशचन्द्र उपाध्याय, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, जिल्ला समन्वय समितिकी सदस्य धनमाया खत्री, गलकोट नगरपालिका ३ का अध्यक्ष फमबहादुर खत्री, कांग्रेस गलकोट नगर सभापति बिरजंग भण्डारी, रामबहादुर खत्री, होसियार सिंह थापा, देबेन्द्रबहादुर खत्री, थम्मन थापा, खड्ककुमारी खड्का, कृष्णबहादुर खत्री कुलबहादुर बोहोरा, कृष्णबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष नारायणध्वज मल्लको स्वागत र सदस्य झहरबहादुर खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





