मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८०, शनिबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । शनिबार दिउँसो प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले  अस्थिरताका वाहक हुने कि स्थायित्वको संवाहक हुने ? भन्ने प्रश्न यतिबेला उठेको वताए । उनले भने, ‘केन्द्रको छाया नभई एकबद्ध भएर लड्नुपर्छ भन्ने जवाफ खोज्नुपर्छ ।’ उनले अस्थिरता कसले निम्त्याएको छ भन्ने प्रस्ट देखिएकाले जवाफ दिनुपर्ने समय आएको बताए ।

मुख्यमन्त्री अधिकारीले २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै अर्को बुँदा लगाएर सरकारले विश्वासको मत पुन: लिनुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->