बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटबाट बागलुङ आउँदै गरेको जीप काठेखोलामा दुर्घटना, चार जना घाईते

गलकोटबाट बागलुङ आउँदै गरेको जीप काठेखोलामा दुर्घटना, चार जना घाईते


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८०, आइतबार

बागलुङ/ बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् । ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

केसीका अनुसार घाईते चारै जनाको अबस्था सामान्य छ । जीपको ब्रके फेल भएर मध्यपहाडी लोकमार्गदेखि दश मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->