बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्थानीय जडिबुटी पहिचानको प्रयास

स्थानीय जडिबुटी पहिचानको प्रयास


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

बागलुङ/ धौलागिरी आर्युवेदिक औषधालय बागलुङले स्थानीय जडीबुटीको पहिचान र प्रयोगका लागि सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै स्थानीय जडीबुटीको पहिचान र प्रयोग बढाउन थालेको हो ।

औषधालयले गाउँघरमा पाइने जडिबुटीको पहिचान र प्रयोग विधिबारे सर्वसाधारणमा चेतना विस्तार अभियान थालेको औषधालयका प्रमुख डा. सरोजकुमार रायले बताए ।
आइतबार औषधालयले जैमिनी नगरपालिका–७ बेलबगरमा पुगेर स्थानीय स्तरमा उपलव्ध जडिबुटी पहिचान, संरक्षण र उपयोग सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । जडिबुटीको पहिचान र प्रयोग तथा प्रबद्र्धनका लागि अभिमुखीकरण गरिएको रायले बताए । ‘हाम्रै करेसाबारीमा औषधि छ, तर पहिचानको अभावमा प्रयोग गर्न सकिएको छैन’ डा. रायले भने ‘स्थानीय जडीबुटीको पहिचानले स्वास्थ्यमा समृद्धि ल्याउँछ ।’

अभिमुखीकरणमा सहभागीले आर्युवेद सम्बन्धि चेतनाको अभावका कारण विश्वास बढाउन नसकिएको बताएका थिए । कम साइडइफेक्ट हुने आर्युवेदिक र जडिबुटीजन्य औषधिको सेवन बढाउनुपर्ने उनको तर्क छ । पाँच हजार बर्ष पहिलेदेखि प्रयोग हुँदै आएका औषधिजन्य जडीबुटीको संरक्षण र प्रबद्र्धन गर्नुपर्ने रायले बताए ।

अभिमुखीकरण कार्यक्रममा डा. राय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका प्रमुख डा. शंकर गौतमले सहजीकरण गरेका थिए । औषधालयका डा. कमल बिक्रम पौडेल र ल्याव टेक्निसियन मनोज भुसालले नसर्ने रोगको नमुना परीक्षण गरेका थिए । सहभागीमध्ये २ जनामा मधुमेह र ४ जनामा उच्च रक्तचापको पहिचान भएको डा. पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->