बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रास्वपा उमेद्वार खिमानन्दको निर्वाचन खर्च ८ लाख मात्रै

रास्वपा उमेद्वार खिमानन्दको निर्वाचन खर्च ८ लाख मात्रै


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

बागलुङ /  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट चुनाव लडेका कँडेलले ८ लाख १५ हजार १ सय २० रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कँडेलले अत्यावश्यक शिर्षकमा मात्रै निर्वाचनमा खर्च गरेको बताए । अन्य पार्टीका उमेद्वारहरुले जस्तो कँडेलले मतदाता नामावली खरिद तथा छपाईमा खर्च नगरेको उल्लेख गरेका छन् । उनले सबैभन्दा धेरै खर्च सवारी साधनका लागि गरेको उल्लेख गरेका छन् ।

चुनाव प्रचारप्रसारका लागि गाडी भाडामा लिँदा ३ लाख ४५ हजार रुपैयाँ खर्च भएको हो । सवारी साधनका लागि इन्धन खरिदमा ९९ हजार दुई सय रुपैयाँ खर्च भएको छ ।

प्रचार सामग्रीमा ५१ हजार छ सय, खाजा, खाना र गोष्ठीमा ६७ हजार ३२०, छापा तथा विद्युतीय प्रचारप्रसारमा ४७ हजार, कार्यालय सञ्चालनमा २५ हजार, प्रतिनिधि परिचालनमा एक लाख ५० हजार र बिबिध खर्च तीस हजार भएको कँडेलले विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->