बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लायन्सका सदस्यका लागि सकारात्मक चिन्तन तालिम

लायन्सका सदस्यका लागि सकारात्मक चिन्तन तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८०, बिहिबार

बागलुङ/ बागलुङका लायन्स क्लबहरु र ब्रम्हकुमारी विश्वविद्यालय बागलुङको आयोजनामा एक दिने सकारात्मक चिन्तन बिषयक तालिम सम्पन्न भएको छ ।

शान्त मन र स्वस्थ्य जीवनका लागि सकारात्मक चिन्तन बिषयक तनाब व्यवस्थापन कार्यक्रममार्फत लायन्स क्लबहरुले सदस्यका लागि सकारात्मक चिन्तनको आयोजना गरेको थियो । कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक रमण भट्टराई र बरिष्ठ राजयोग प्रशिक्षक सुधा दिदीले तनाब व्यवस्थापन र सकारात्मक सोचबारे प्रस्तुतीकरण गरेकी थिइन् ।

तालिममा जिल्लामा क्रियाशिल सबै लायन्सका पदाधिकारी र सदस्य सहभागि थिए । तालिम उद्घाटन गर्दै बिश्वविद्यलयकी संचालक साबित्री दिदीले पछिल्लो समय मानिसमा तनाब बढ्दा रोग, शोक र भयको अबस्था आएको भन्दै सकारात्मक चिन्तनका लागि आग्रह गरिन् । कार्यक्रममा लायन्स केशव सापकोटाले स्वागत र दुर्गा कुँवरले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->