मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेवा : देय् दबुले संयुक्त ब्रतबन्ध गर्ने

नेवा : देय् दबुले संयुक्त ब्रतबन्ध गर्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८०, बिहिबार

पोखरा /नेवाः देय् दबु पोखराले संयुक्त रुपमा बुः सँखा तथा कय्ता पूजा (ब्रतबन्ध) गर्ने भएको छ ।

कास्कीमा छरिएर रहेका नेवारी समुदायमा धार्मिक कार्यको एकरुपता राख्ने उदेश्यका साथ संयुक्त रुपमा ब्रतबन्ध गर्न लागिएको हो ।

आफ्नो संस्कार र संस्कृतिको बारेमा सबैलाई जानकार हुने र एकै स्थानमा संयुक्त रुपमा गर्दा समुदायमो भाइचाराको सम्बन्ध प्रगाढ हुने विश्वासका साथ पोखरामा पहिलो पटक सामुहिक ब्रतबन्धको आयोजना गर्न लागेको नेवाः देय् दबु पोखरा महानगर समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिहिबार पत्रकार सम्मेलनका आयोजना गर्दै उनले उक्त जानकारी दिएका हुन् । कार्यक्रम आगामी २४ गते रानिपौवा स्थित शोभा भगवती मन्दिरमा हुनेछ ।

उक्त ब्रतबन्ध गराउने चाहने परिवारले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने महासचिव भगवान विजुक्च्छेले जानकारी दिए । उक्त ब्रतबन्धमा मामाले सुनको र चाँदिको प्रतिमाले कपाल खौरे जस्तो गर्नेछन् भने फुपुले काशको थालीम कपाल थापेर नदीम बगाउनेछन् ।

नेवारी परम्परा अनुसार उक्त कार्य नगरेसम्म जन्म, मृत्युमा कुनै काम गर्न पाइने छैन् । उक्त कार्य नभए मानव जीवन शुद्ध नहुने विश्वास चलिआएको छ । ८ देखी १२ वर्ष उमेर भित्र उक्त कार्य गराएमा पितृकर्म र देवकर्म गराउन शुद्धि हुने विश्वास रहेको अध्यक्ष श्रीकृष्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->