पोखरा / गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित २ मन्त्रलिे पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डे र अन्य दुई दुई महिला मन्त्रीलाई शपथ खुवाएका हुन् ।
माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका हुन् । सिंखडा र अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन् ।






