मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णयः सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णयः सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८०, शुक्रबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छन् । शपथ ग्रहण लगत्तै पदभार सम्हाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका उनले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका हुन् ।

शुक्रवार वसेको मन्त्रिपरिषद् बैठकले सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न कार्यदल गठन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालययका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन भएको हो ।

वैठकले गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत महशुलमा शत् प्रतिशतसम्म अनुदान दिने दोस्रो निर्णय गरेको छ ।
तीन सदस्य क्याविनेटले गण्डकी प्रदेश सरकारको प्रवक्तामा विनाविभागिय मन्त्री सरस्वती अर्याल तिवारीलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->