मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा-१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

पोखरा-१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८०, शुक्रबार

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पोखराले गत चैत २१ मा वडाध्यक्ष पदको निर्वाचनको मत पुनः मत गणना गर्न आदेश दिएको थियो ।

वडाध्यक्षका तत्कालीन उमेदवार पुष्कलबहादुर थापाले पुनः मतगणनाका लागि उच्च अदालतमा निवेदन दिएका थिए । वडाध्यक्षमा निर्वाचित शिवप्रसाद तिमिल्सिनाका निकटम प्रतिद्वन्द्वी थिए । तिमिल्सिनाले उच्च अदालतको फैसलाविरुद्ध चैत २७ गते सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->