बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङबाट बिदा भए प्रमुख प्रशासकीय अधिकृत सापकोटा

बागलुङबाट बिदा भए प्रमुख प्रशासकीय अधिकृत सापकोटा


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

बागलुङ/ १५ महिनासम्म बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका पुरुषोत्तम सापकोटालाई नगरपालिकाले बिदाइ गरेको छ । सरुवा भएर सामान्य प्रशासन मन्त्रालय जान लागेका सापकोटालाई नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य र कर्मचारीले सामूहिक बिदाइ गरेका थिए ।

बिदाइ समारोहमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सापकोटाको कार्यकाल निकै उर्जाबान भएको बताए । उनले नगरको काम गर्ने तरिका र पद्धती बसाल्न सापकोटाले बनाएको कार्ययोजना फलदायी भएको प्रशंसा पनि गरे । नगरपालिकाले साउन महिनादेखि नै योजना सम्झौता गरेर चैत मसान्तभित्रै फरफारक गरेको, हरेक योजना वडा स्तरमै सम्झौता गरिएको लगायतको काममा प्रमुख प्रशासकीय अधिकृत नेतृत्वमा कर्मचारीबाट सहयोग भएको भन्दै प्रशंसा गरे ।

उपप्रमुख राजु खड्काले मन्त्रालयदेखि वडा तहसम्मको समन्वय र काम गर्दा अपनाउने गाम्भिर्यताले प्रभावित भएको बताए । उक्त अबसरमा १५ महिना बसेर काम गर्दा बागलुङ आफ्नो रोजाइको केन्द्र बनेको सापकोटाले अनुभव सुनाए । स्थानीय तह गठनपछि बानपामा पटक पटक प्रमुख प्रशासकीय अधिकृत फेरिने गरेकोमा १५ महिनासम्म बसेर काम गर्ने सापकोटा मात्रै एक्लो प्रमुख हुन् । बिदाइ कार्यक्रमको संचालन प्रशासकीय अधिकृत भीमसेन पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->