बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रुद्रेपीपलका २७ विद्यार्थीलाई छात्रबृत्ति

रुद्रेपीपलका २७ विद्यार्थीलाई छात्रबृत्ति


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

बागलुङ/ दिउसो सावा तीन बजे । विद्यालय छुट्ने समय हुनै लागेको थियो । सबै कक्षा कोठामा पठनपाठन चलिरहेको थियो । विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले ठुलो आवाजमा माईकबाट उद्घोष गरे– ‘सबै कक्षाका विद्यार्थीहरु लाईनमा आउनुहोला, शिक्षक साथीहरुले लाइनमा बस्ने व्यवस्था मिलाउनुहोला ।’

बागलुङ नगरपालिका–२ रुद्रेपिपल छेउमा रहेको रुद्रेपीपल माध्यमिक विद्यालयको प्राङ्गण एकैछिनमा भरियो । विद्यार्थीहरु कक्षाअनुसार लामबद्ध भए । विद्यालयले छात्राबृत्ति बाँड्दै थियो । कक्षा एलकेजीदेखि कक्षा १० सम्मका २७ जना जेहेन्दार तथा विपन्न परिवारका छात्रछात्रालाई छात्रावृत्ति वितरण गर्न आयोजना गरिएको छोटो कार्यक्रम थियो विद्यालयमा ।

न कुनै तडकभडक शिक्षक, विद्यार्थीबीच रम्ने बानी छ, रुद्रेपीपलमा । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहरा र अंग्रेजी माध्याम समन्वय समितिका संयोजक किरण आचार्य अतिथी थिए । प्रअले नाम बोलाएपछि विद्यार्थीले खुसी हुँदै छात्रावृत्ति लिए ।

एकबर्ष पुग्नेगरी विद्यालयले शैक्षिक सामग्री छात्राबृत्ति स्वरुप दिएको थियो । छात्रावृत्ति पाएका छात्रछात्रा निकै खुसी देखिन्थे । सानो कक्षाका छात्रछात्रालाई त कापी, कलम, जुत्ता, झोला र पोशाक उठाउनै गाह्रो भयो । तर उनीहरुको मुहारमा भने चमक देखिन्थ्यो ।

‘यो विद्यालयको नियमित प्रक्रिया हो, हामीसँग धेरै दाताहरुले अक्षयकोष स्थापनाको कुरा गर्नुभएको छ, अबको एकदुई वर्षमा हामीसँग सबै विद्यार्थीले छात्रवृत्ति पाउने वातावरण बन्छ’ प्रधानाध्यापक राजेश श्रेष्ठले भने ‘अहिले समस्या भएका विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिएका छौं ।’ विद्यालयले नेपानी हेरिटेज च्यारीटी फाउण्डेसन क्यानाडाको सहयोगमा छात्रवृत्ति बाँडेको हो । एक लाख ८ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री विद्यार्थीहरुलाई बाँडिएको श्रेष्ठले जानकारी दिए ।

नयाँ शैक्षिक सत्र भर्खरै सुरु भएका विद्यालयमा सबै विद्यार्थी आईसकेका छैनन् । झण्डै ६ सय ५० हजार विद्यार्थीको कक्षा १ देखि कक्षा १२ सम्म हाजिरी हुन्छ । विद्यार्थी आउने क्रम चलिरहेको छ । विद्यालयले बेला बेलामा उपलव्ध गराउने छात्राबृत्ति लगायतका सुविधाका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्य बताउँछन् । सदरमुकाममा रहेका नीजि विद्यालयहरुमा जस्तै रुद्रेपीपलले अंग्रेजी माध्याममा पठनपाठन गराउँछ भने अन्य सेवा सुविधा समेत नीजि विद्यालयको भन्दा कम छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->