बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यामन्दिरमा प्रशासनीक नेतृत्व परिवर्तन, योग्यताक्रम खोज्दा निवर्तमान प्रअ असन्तुष्ट

विद्यामन्दिरमा प्रशासनीक नेतृत्व परिवर्तन, योग्यताक्रम खोज्दा निवर्तमान प्रअ असन्तुष्ट


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

बागलुङ/सदरमुकाममा रहेको जिल्लाकै पुरानो सामुदायीक विद्यालयमा प्रशासनीक नेतृत्व परिवर्तन सँगै बिबाद सिर्जना भएको छ । बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयको प्रधानाध्यापक छविरमण शर्मा रेग्मीलाई जिम्मेबारी दिएपछि विद्यालयमा बिबाद सुरु भएको होे ।

निवर्तमान प्रधानाध्यापक शान्तमणि ढकाललाई जिम्मेबारी मुक्त गरेर विद्यालय व्यवस्थापन समितिले रेग्मीलाई प्रधानाध्यापकको जिम्मेबारी दिएको हो । माध्यमिक तह द्वितिय श्रेणीमा बढुवा भएका रेग्मीलाई योग्यताक्रमका आधारमा प्रचलित ऐकन कानून अनुसार निमित्त प्रधानाध्यापकका जिम्मेबारी दिईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।
‘हाम्रै विद्यालयमा बरिष्ठतम शिक्षकलाई प्रधानाध्यापकको जिम्मेबारी दिएको सर्वोच्च अदालतको आदेशको नजिर छ, शिक्षा ऐनले पनि त्यहि भन्छ’ अध्यक्ष शाक्यले भने ‘यहाँ आग्रह पूर्वाग्रह होईन्, हामिले बिधि अनुसार उपल्लो योग्यताको शिक्षकलाई जिम्मेबारी मात्रै दिएका हौं ।’

सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले माध्यमिक तह तृतिय श्रेणीका ढकाललाई पदमुक्त गर्दै केही समय अघी बढुवा भएका शिक्षक रेग्मीलाई प्रशासनीक नेतृत्व दिए पछि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुकै बीचमा बिबाद चुलिएको छ । निर्वमान प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिनै अबैधानिक भएकाले निर्णय नमान्ने भनेपछि विवाद थप बढेको छ ।

ढकालले एक बर्षदेखि विद्यालय व्यवस्थापन समितिले आफ्नो परिश्रमको अवमुल्यन गरेको आरोप लगाएका छन् । २०७३ सालमानै आफ्नो पनि बढुवा भएको तर सर्वोच्चमा मुद्धा परेकाले फैसला आउन बाँकी रहँदै अपमानजनक हिसावले पदमुक्त गरेको ढकालको आरोप छ । ‘मेरो पक्षमा सर्बोच्चले अन्तरीम आदेश दिएको छ । पूर्ण पाठ आउनेबेलासम्म कुर्नुहोस भन्दा विव्यसले अपमान गर्यो’ ढकालले भने ‘छविरमणलाई प्रधानाध्यापक बनाउन सबैखाले चलखेल भए ।’ मंगलबार विद्यालय खुलेपछि नव नियुक्त निमित्त प्रअ रेग्मीले पदभार ग्रहण गरेका छन् ।

प्रधानाध्यापकको जिम्मेबारीका बिषयमा सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा समेत बिबाद भएपछि बहुमतको आधारमा निर्णय गरिएको थियो । अध्यक्ष सहित पाँच जना सदस्यले रेग्मीलाई जिम्मेबारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीले भने शान्तमणीको बिषयमा सर्बोच्चको पूर्ण पाठ नआउने बेलासम्म हतार गर्ननहुने मत राखेका थिए ।

प्रधानाध्यापको बिषयमा बिबाद सिर्जना भएपछि विद्यामन्दिरमा शिक्षकहरुकै बीचमा नोकझोकको स्थिती सिर्जना भएको थियो । पदमुक्त भएका प्रधानाध्यापक ढकालले विद्यालय व्यवस्थापन समिति, विद्यालयका बिभिन्न जिम्मेबाररी सम्हालेका शिक्षकहरुको बिषयमा बिभिन्न आरोपहरु लगाएका थिए । आँफुले नेतृत्व गर्ने बेलामा समेत काम कारवाहीमा अबरोध गरिरहेको विव्यसले नियोजित हिसावले आँफुलाई हटाएको उनको आरोप छ ।

विद्यामन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्ती, विद्यालय व्यवस्थापन समिति गठन, खुल्ला विद्यालय, शिक्षक नियुक्ती र शिक्षकहरुको सेवा सुविधा तथा खरिद प्रकृयालाई लिएर बेलाबेलामा चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->