बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३० जना बहिरा विद्यार्थी, जसले उपचारपछि सुन्न थाले

३० जना बहिरा विद्यार्थी, जसले उपचारपछि सुन्न थाले


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

बागलुङ / सांकेतिक भाषामा अध्ययन गरिरहेका ३० जना बहिरा विद्यार्थीले उपचारपछि कान सुन्न थालेका छन् । धौलागिरी आवासीय माध्यमिक विद्यालय बागलुङमा अध्ययनरत विद्यार्थीमध्ये ३० जना विद्यार्थीले उपचारपछि कान सुन्न थालेका हुन् । निशुल्क उपचारपछि कान सुन्न थालेपछि विद्यार्थी खुसी भएका छन् ।

पहिले कान नसुन्ने र बोल्न पनि नसक्ने अबस्थामा रहेका विद्यार्थीहरु उपचारपछि बिस्तारै बोल्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए ।

बिद्यालयमा धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) बागलुङ, सामुदायिक सेवा केन्द्र चितवनको आयोजनामा बच्चा र कान नेदरल्यान्डले सहयोग गरेपछि निशुल्क कानको जाँच शिविर चलाईएको थियो ।

लामो समय चलेको शिविरबाट चिकित्सकहरुले सुन्न सक्ने विद्यार्थीहरुको पहिचान गरेका थिए । प्रारम्भिक अध्ययनका क्रममा उपचार गर्दा सुन्न सक्ने सम्भावना रहेका विद्यार्थीको उपचार गर्दा उनीहरुमा सकारात्मक नतिजा आएकोे डिआइआरडिसी बागलुङका निर्देशक शालिकराम शर्माले बताए ।

सुन्न थालेका विद्यार्थीको कानमा मेसिन लगाईएको छ । ‘कानको जाँच गर्नुपर्छ भन्ने समेत कतिपयलाई थाहै रहेनछ, हामीले जाँचेर हे¥यौं, उनीहरुमा सुधार आयो,’ सामुदायिक सेवा केन्द्र चितवनका पूजा गिरीले भनिन् ‘तीस जनाले सुन्न सक्ने हुनु हाम्रो लागि ठूलो उपलव्धीको बिषय हो ।’

विद्यालयमा भएको स्वास्थ्य उपचारपछि बहिरा बालबालिकाले कान सुन्ने र केही कुराहरू बोल्न थालेको तर शब्द बुझ्न भने केही समय लाग्ने छ ।

कायन नेय वीइन नेदरल्यान्डको सहयोगमा ३० जना बहिरा बिद्यार्थीको उपचारपछि कानमा एयरफोन लगाइएको छ । ९ जना बहिरा विद्यार्थीको भने कानको अप्रेसन गर्नुपर्ने भएको चिकित्सकले सुझाएका छन् ।

नेदरल्याण्डबाट आएका रेडियोलोजिष्टले उनीहरुको उपचार गरिरहेका छन् । सांकेतिक भाषामा दोभाषेको सहायतामा कुरा गर्दै आएका बालबालिकालाई भाषा सिक्न र बुझ्न स्पिज थेरापीको आवश्यक पर्ने हुँदा अब विद्यालयले त्यसको ब्यवस्थापन गर्न जरुरी भएको गिरीले बताईन् ।

विद्यालयका तीन सय विद्यार्थी अभिभावकलाई ११ दिन लगाएर नमूना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ५४ जनालाई स्वर यन्त्रमार्फत् सुन्न सक्ने अवस्थामा पुगेको ९ जनाको चितवन मेडिकल कलेजमा अप्रेसन हुने डीआइआर डिसीले जनाएको छ । अहिले परीक्षण गरिएकामध्ये ३० जना कान सुन्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->