बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शालग्राम महोत्सवमा बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित

शालग्राम महोत्सवमा बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८०, शनिबार

बागलुङ / जिल्लाको शैक्षिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित भएका छन् । राजभण्डारी धार्मिक, शैक्षिक र सामाजिक सेवामा क्रियाशिल छन् ।

शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको शालग्राम महोत्सव अवसरमा राजभण्डारीलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, स्वामी जगन्नाथ आचार्य र श्रीधराचार्य ,शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कदरपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा लामो समय राजभण्डारीले सेवा गरेका थिए ।

‘मैले यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा १७ वर्ष काम गरे, विद्यालय र मन्दिरको विकासमा पुर्याएको योगदानको कदर गरेर सम्मान गरेकोमा मैले गौरान्वित महसुस गरेको छु,’ राजभण्डारीले भने ।

विसं. २०४२ देखि गुरुकुल परम्परामा चलेको श्री मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालय २०६४ सालदेखि नेपाल सरकारको शैक्षिक  क्यालेन्डरअनुसार संचालन भइरहेको छ । यस विद्यालयमा ३५ जिल्लाका विद्यार्थीले आवासिय सुविधासहित अध्ययन गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->